Skip to content Skip to navigation

पहुँचयुक्त प्रविधिमा डिजाईनरहरूले खेल्ने भूमिका

भौतिक संसारमा सबैको सहज पहुँच (accessibility) का बारेमा धेरै अगाडि देखिनै कुरा हुँदै आएको हो । त्यसै अनुरूप हाम्रो सहरबजारमा अपाङ्गतामैत्री संरचना र पूर्वाधारहरू बनेका छन् । तर हामीले भौतिक संरचनामा हुनुपर्ने पहुँचका बारेमा जति छलफल गरेका छौं त्यति प्रविधि र डिजिटल सामग्रीहरूमा सबैको पहुँचका बारेमा कुरा भएको छैन । 

मैले देखे अनुसार डिजाईनर र डेभलपरहरूमा आवश्यक जानकारी नहुनु र सफ्टवेयर बनाउने क्रममा पहुँचको लागि धेरै समय वा स्रोत साधन नछुट्याईनुले गर्दा पनि अधिकांश नेपालमा बनेका वेबसाईट, वेब एप वा मोबाईल एप एक्सेसिबल छैनन् । भन्नुको मतलब ती प्रडक्टहरूलाई सबै डिभाईस सबै समय वा सबै परिस्थितिमा सोचेअनुरूप काम गर्दैनन् । मैले देखेसम्म डिजाईनर वा डेभलपरले आफूसँग भएका बाहेक अन्य डिभाईस वा प्लेटफर्ममा मा परिक्षण नगरिनुले गर्दा पनि यो समस्या धेरैजसो डिजिटल प्रडक्ट्सहरूमा पाईएको हो ।

यसको समाधान के त मेरो विचारमा हरेक प्रविधि सेवा प्रदायक कम्पनी वा समूहमा पहुँचयुक्त सामग्री बनाउने परिपाटी विकास गर्ने लगायत आधारभूत रूप बाटै आफ्ना वेबसाईट, वेब एप वा मोबाईल एपलाई पहुँचयुक्त बनाउन पहल गर्ने नै यसको सर्वोत्तम समाधान हो । यसमा डिजाईनरहरूले मुख्य भूमिका खेल्न सक्छन् र मैले यो भिडियोमा यसै विषयमा कुरा गरेको छु । 

Comments

Also consider reading